काठमाडौं महानगरपालिकामा एमालेका तर्फबाट मेयरको उम्मेद्वार बनेका केशव स्थापीत फेरी विवादमा तानिएका छन् ।


ADVERTISEMENT


बिहीबार काठमाडौंमा मेयरमा उठेका प्रमुख तथा उपप्रमुखहरुसंगको अन्तरक्रियामा कार्यक्रममा एक सहभागीले सोधेको प्रश्नको जवाफमा स्थापीत विवादमा तानिएका हुन् । कार्यक्रममा एक सहभागीले स्थापितलाई यौन दुर्व्यवहार सम्बन्धी प्रश्न सोधेकी थिइन् ।


ADVERTISEMENT

# # #


युवतीको प्रश्नसँगै स्थापित जंगिँदै त्यसको कडा प्रतिकारमा उत्रिए । सिटबाट उठेर झोक्किँदै उनले भने, ‘तपाईंसँग के प्रमाण छ ? यू आर नाइस लेडी, तर थुतुनो ठिक छैन तपाईंको ।’

उनले आफुले कुनै दुर्व्यवहार नगरेको दाबी गरे । उनले प्रश्न सोध्नेप्रति नै टिप्पणी गरे ।