काठमाडौँ – निजी वायू सेवा कम्पनीले रात्रीकालीन उडान गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्देशनलाई कार्यान्वयन गर्न नसकिने जनाएका छन् ।


ADVERTISEMENT


बिहीबार एक विज्ञप्ती जारी गर्दै निजी एयरलाइन्सको छाता संगठन वायू सेवा सञ्चालक संघले राती ८ बजेपछि आन्तरिक उडानका कार्यतालिका राखे सम्पूर्ण उडान नै स्थगित गर्ने चेतावनी दिएको हो । संघका प्रवक्ता योगराज कँडेल शर्माले प्राधिकरणको तालिका अनुसार उडान गर्न प्राविधिक समस्या रहेको बताएका छन् ।


ADVERTISEMENT

# # #


प्रवक्ता कँडेलद्वारा जारी विज्ञप्तीमा प्राधिकरणले स्लट संशोधन नभएसम्म सम्पूर्ण उडान स्थगत गर्ने चेतावनी दिइएको छ ।

संघमा बुद्ध एयरलाइन्स, यती एयरलाइन्स, श्री एयरलाइन्स, सौर्य एयरलाइन्स र गुण एयरलाइन्स सदस्य रहेका छन् ।