काठमाडौँ– प्रहरीले गर्भवती महिललाई जबरजस्ती करणी गर्ने एक अभियुक्तलाई पक्राउ गरेको छ ।


ADVERTISEMENT


गर्भवती महिललाई जबरजस्ती करणी गरेर फरार रहेको अभियुक्तलाई बुधवार उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले नागढुंगाबाट पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


पक्राउ पर्नेमा कैलाली लम्कीचुहा नगरपालिका–२ मोतिपुर घर भई काठमाडौं चन्द्रागिरी नगरपालिका–२ नागढुङगा बसदै आएका ३५ वर्षीय ुागर शाही रहेका छन् ।

उनीमाथि गत चैत्र ८ गते कोहि नभएको मौका पारी विभिन्न डरत्रास देखाई गर्भवती महिलालाई जबरजस्ती गरेको आरोप छ ।

प्रतिवादीलाई आवश्यक कारवाहीको लागि प्रहरी वृत्त थानकोट काठमाडौँ पठाइएको छ ।