काठमाडौँ– गरिमा विकास बैंकका ग्राहकले पोखराको अन्नपूर्ण केवलकारमा छुट पाउने भएका छन् ।


ADVERTISEMENT


बैंकले केवलकार सञ्चालक पक्षसंग गरेको सम्झौता अनुसार, गरिमाका ग्राहकले सो सेवा उपभोग गर्दा आर्कषण छुट पाउने भएका हुन् ।


ADVERTISEMENT

# # #


यसका लागि ग्राहकले बैंकको मोबाईल बैकिङ्ग तथा डेविट कार्ड प्रयोग गर्नुपर्ने बैंकको भनाई । जसबापत् सेवाग्राहीहरुले केवलकारको टिकट मूल्यमा १०% सम्म छुट प्राप्त गर्न सक्नेछन् ।

हाल, गरिमा विकास बैंकले नेपालभर ११९ शाखा कार्यालय, १ एक्स्टेन्सन कार्यालय र ५१ एटिएमबाट सरल, सुलभ एवं गुणस्तरीय सेवा प्रवाह गर्दै आईरहेको छ ।