काठमाडौं – मोटरसाइकल चोरी गरेको आरोपमा काठमाडौंको तार्केश्वरस्थित लोलाङ हाइटबाट काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–५ घर घई काठमाडौं बस्ने २६ वर्षका सुदास लामा छन् ।


ADVERTISEMENT


आरोपीको साथबाट लु ६४ प ७३७५ नम्बरको पल्सर मोटरसाइकल बरामद गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी उमेशराज जोशीले रातोपाटीलाई बताए । वास्तविक नम्बर बागमती प्रदेश–०२–०२५ प १०१० लाई उनले परिवर्तन गरेर चढेर हिँडेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।


ADVERTISEMENT

# # #


सो मोटरसाइकल गोदावरी नगरपालिका–८ डुकुछाप घर भएका नवराज घिमिरेको घरबाट चोरिएको अनुसन्धानबाट खुलेको छ । आरोपीलाई कानुनी कारवाहीका लागी उपत्यका ट्राफिक प्रहरी कार्यालयले जिल्ला प्रहरी परिसर जावलाखेलमा पठाएको छ ।