काठमाडौं – सरकारले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा राजु अर्याललाई नियुक्त गरेको छ।


ADVERTISEMENT


गृह मन्त्रालयले गत वैशाख ४ गते गरेको सिफारिसका आधारमा मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले अर्याललाई एआइजी नियुक्त गरेको हो। योसँगै उनी महानिरीक्षक हुने पक्का भएको छ।


ADVERTISEMENT

# # #


डिआइजी अर्याल वरीयतामा पहिला नम्बरमा थिए। यसैगरी, डिआइजीद्वय नारायणदत्त पौडेल र चन्द्रप्रकाश गौतम क्रमशः दोस्रो र तेस्रो नम्बरमा छन्।

यसअघि चैत ३० मा सरकारले पुष्पराम केसीलाई सशस्त्र प्रहरी महानिरीक्षकमा पदोन्नति गरेपछि एआइजीको एउटा दरबन्दी खाली भएको थियो । उनी वैशाख १८ पछि सशस्त्र प्रहरी बलको महानिरिक्षक हुनेछन्।