काठमाडौं – नेकपा (एमाले) चितवनले जिल्लाका सात पालिकामा प्रमुख र उपप्रमुख टुङ्गो लगाएको छ । भरतपुर र माडीको उपप्रमुख भने राप्रपासँग तालमेलका लागि खाली राखेको हो ।


ADVERTISEMENT


एमाले जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेका अनुसार राप्ती नगरपालिकाको प्रमुखमा गोविन्द कँडेल र उपप्रमुखमा मेनका पाठक, खैरहनी नगरपालिकाको प्रमुख लालमणि चौधरी र उपप्रमुखमा कविता उप्रेती, रत्ननगर नगरपालिकाको प्रमुखमा विमला दुवाडी र उपप्रमुख यादव पाठक, कालिका नगरपालिकाको प्रमुखमा विनोद रेग्मी र उपप्रमुख विमला लामालाई उठाउने निर्णय भएको छ ।


ADVERTISEMENT

# # #


यसैगरी माडी नगरपालिकाको प्रमुखमा ताराकाजी कुमारी महतो र इच्छाकामना गाउँपालिकाको अध्यक्षमा दानबहादुर गुरुङ र उपाध्यक्षमा माया सिलवाललाई उम्मेदवारको घोषणा गरिएको छ । भरतपुर महानगरपालिकाको प्रमुखमा यसअघि नै विजय सुवेदीलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

जिल्लाका ९८ वटै वडामध्ये अधिकांश टुङ्गो लगाइसकेको सो पार्टीले जनाएको छ । एमालेले खैरहनीका नगरप्रमुख चौधरीलाई दोहोर्याएको छ भने रत्ननगर र माडीका उपप्रमुखलाई प्रमुखमा उम्मेदवार घोषणा गरेको हो । रासस