काठमाडौं – सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला  ५०० रुपैयाँले बढेर  एक लाख दुई हजार ५०० रुपैयाँ तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला  एक लाख दुई हजार रुपैयाँमा कारोबार भएको थियो ।


ADVERTISEMENT


नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला  एक लाख दुई हजार रुपैयाँ छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला  एक लाख एक हजार ५०० रुपैयाँ थियो ।


ADVERTISEMENT

# # #


त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला  पाँच रुपैयाँले बढेर  एक हजार ४२० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।

बजारमा सुनचाँदीका आयातमा बैंकहरुले एलसी नखोलेपछी यसको प्रत्यक्ष प्रभाव देखिएको छ । विवाहको मौसम सुरु भएकाले सुन तथा चाँदीका माग बढ्ने हुँदा सरकारले यसको वैकल्पिक उपायमा ध्यान दिन व्यवसायीहरुले माग गरेका छन् । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९८५ डलर आसपास कारोबार भइरहेको छ ।