काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्थानीय तहको निर्वाचनमा कांग्रेसका कार्यकर्ताहरु पनि तालमेलको पक्षमा नरहेको बताएका छन् ।


ADVERTISEMENT


कांग्रेस क्षेत्र नंवर ४ प्रदेश क क्षेत्रिय कार्यसमितिले सोमबार काठमाडौंमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा थापाले निर्वाचनमा तालमेल गर्न नहुने विषय आफुले पहिलेदेखि नै उठाउदै आएको र कांग्रेस कार्यकर्ताहरु पनि तालमेलको पक्षमा नरहेको बताएका हुन् ।


ADVERTISEMENT

# # #


उनलेआफूले पछिल्ला दिनहरुमा ५० भन्दा बढी जिल्लाका कांग्रेस नेता कार्यकर्तासँग राय सुझाव लिँदा तालमेल गर्न नहुने कुरा आएको जिकिर गरे । थापाले जित्नकै लागि भनेर तालमेल गर्नु बेठीक हुने धारणा व्यक्त गरे । मतदाता र कार्यकर्ताको भावनाबिपरित जबरजस्ती गर्न थाले निर्वाचनको परिणाम फरक हुने सक्ने उनको भनाई छ ।

त्यस्तै थापाले पार्टी नेतृत्वले सवै नेता, कार्यकर्ता र मतदाताको चाहनाअनुरुप आवश्यक निर्णय लिनुपर्नेमा जोड दिए ।