काठमाडौ –त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा विमान पार्किङको लागि स्थान अपुग भएपछि नागरिक उड्डयन प्राधिकरणले पार्किङ क्षेत्र विस्तारको योजना अघि सारेको छ । विमानस्थलमा पार्किङस्थलको चरम अभावका कारण ट्राफिक जाम बढ्न थालेपछि प्राधिकरणले थप पार्किङ स्थल निर्माण गर्न लागेको हो ।


ADVERTISEMENT


प्राधिकरणले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पछाडिपट्टि रहेको फुटबल ग्राउण्डलाई विमान पार्किङ बनाउने गरि प्रक्रिया अघि बढाएको महानिर्देशक सञ्जीव गौतमले जानकारी दिएका छन् । त्यसैगरी राजधानी बाहिर पनि हेलिकप्टर पार्किङस्थल विस्तारका लागि काम भईरहेको उनले जनाए ।


ADVERTISEMENT

# # #


महानिर्देशक गौतमले हेलिकप्टर पार्किङका लागि त्रिभुवन विमानस्थलमा पर्याप्त स्थान नभएकाले थप जग्गाका लागि प्रक्रिया अगाडि बढाईसकेको र यही आर्थिक बर्षको अन्त्य सम्ममा काम सम्पन्न गर्ने लक्ष राखिएको बताए ।

हवाई सुरक्षाको विषयमा अन्तराष्ट्रिय उड्डयन मापदण्ड सबै पुरा गर्न नसकेका कारण नेपाल ईयूको कालोसूचीमा छ । गौतमले तत्काल ईयुको कालोसुचिबाट तत्काल हट्ने संभावना नरहेपनि सन् २०१० देखि १२ सम्मको तुलनामा हवाई दुर्घटनामा कमि आएको र ६६ प्रतिशत अन्र्तराष्ट्रिय उडानको मापदण्ड पुरा गरिसकेकाले छिट्टै कालोसूचीबाट हट्ने विश्वास प्राधिकरणले लिएको गौतमले बताए ।

ईयूको प्रतिबन्धित सूचीबाट हटेपछि मात्रै नेपाली विमानलाई उनीहरुको मुलुकमा उडानको बाटो खुल्ने छ ।