दुनै, डोल्पा– दुर्गम जिल्ला डोल्पाका ६६ वटा मतदान केन्द्रमध्ये ५८ वटा मतदान केन्द्रका मतपेटिकाहरु सदरमुकाम दुनै ल्याइएको छ ।


ADVERTISEMENT


पैदल र हेलिकप्टरको प्रयोग गरेर ५८ वटा मतदान केन्द्रका मतपेटिकाहरु समरमुकाम दुनै ल्याइएको मुख्य निर्वाचन कार्यलयले जानकारी दिएको छ । उपल्लो डोल्पाका १२ वटा मतदान केन्द्रका मतपेटिकाहरु मंगलबार सेनाको हेलिकप्टरबाट सदरमुकाम ल्याईएको मुख्य निर्वाचन अधिकृत रमेश प्रसाद ज्ञवालीले जानकारी दिए ।


ADVERTISEMENT

# # #


उपल्लो डोल्पाका आठ वटा मतदान केन्द्रका मतपेटिकाहरु ल्याउन बाँकी रहेकाले मंगलबार बेलुका र भोलीभित्रसदरमुकाम दुनै लयाइने ज्ञवालीले बताए ।

मतपेटिका ल्याउन बाँकी रहेका उपल्लो डोल्पाकै फोदगाँउ,कुगाँउ मतदान केन्द्रका मतपेटिकाहरु मौसम खराबीका कारण आजै ल्याउन असम्भव भएकाले भोलीमात्र हेलिकप्टरबाट ब्यवस्था गरिएको मुख्य निर्वाचन कार्यलय डोल्पाले जानकारी दिएको छ ।

सदरमुकाम आसपासका मतदान केन्द्रका मतपेटिकाहरु निर्वाचनकै दिनमा र तल्लो डोल्पाका विभिन्न केन्द्रका मतपेटिकाहरु सोमबार र मंगरबार दिउसोसदरमुकाम ल्याएको कार्यलयले जनाएको छ ।

सदरमुकाम ल्याएका मतपेटिकाको सुरक्षा नेपाल प्रहरी, सशस्त्र प्रहरी र सवैभन्दा बाहिरि घेरामा नेपाली सेनाले सुरक्षा गर्नेगरी व्यवस्था मिलाएको मुख्य निर्वाचन कार्यलयले जनाएको छ ।