दुई वर्षअघि कैलालीको धनगढीमा पाइलट उप्रेतीले डेढ करोड रुपैयाँ लगानीमा स्थापना गरेको एयरक्राफ्ट म्युजिम लोकप्रिय छ । अहिले उक्त म्युजियम एक घुम्नै पर्ने ठाउँको रुपमा स्थापना भएको छ ।  वि.सं. २०७१ साल फागुन २० गते टर्कीको राजधानी इस्तानबुलबाट २ सय २३ यात्रुसहित काठमाडौं आउँदै गरेको टर्किस एयरलाइन्सको विमान त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा अवतरणका क्रममा दुर्घटना भयो ।


ADVERTISEMENT


९ महिना मात्रै उडेको यो विमान काठमाडौंमा मर्मत गर्न जहाजको मूल्यको हाराहारी खर्च र कम्तीमा एक वर्ष सयम लाग्ने भएपछि विमान काठमाडौँमै थन्किएको थियो । यही विमान पाइलट वेद उप्रतीले खरिद गरेका थिए । अहिले त्यही विमानलाई उनले काठमाडौँको सिनामंगलमा एयर एभियसन म्युजियम बनाएका छन् । सञ्चालन भएको थारै समयमा पनि धेरैले अनुगमन गरिसकेका छन् ।  यो कसरी सम्भव हुन सक्यो ? सञ्चालनको खास उद्देश्य के हो ? लगायत यसको बारेमा हिमालयपोष्टले उनै पाइलट वेद उप्रेतिसंग कुराकानी गरेको छ । 


ADVERTISEMENT

# # #


काठमाडौँमा तपाईले एभिएस म्युजियम खोलेपछि पछिल्लो समय यहाँको मिडियामा धेरै चर्चा चलेको छ । यसका बारेमा बताइदिनुस् न ।

खासगरी यो विद्यार्थीलाई लक्षित गरेर सञ्चालन गरेको म्युजियम हो । उनीहरुलाई इन्सपायर र मोटिभेसन गर्ने यसको उद्देश्य हो । साथै काठमाडौँका बीचमा एउटा नयाँ पर्यटकीय गन्तव्य बनेको छ । तपाईहरुले पनि देख्नुहुन्छ अहिले कयौँ स्कुलका विद्यार्थी तथ अन्य पर्यटकहरु आइएरहेका छन् ।

कसरी सम्भव भयो यो ?

तीन वर्ष पहिले कस्मिक एयरको ४ कल १०० जहाज त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुर्घटना भएर ग्राउन्डेड भएको थियो । म आफै पनि पाइलट र फोटो ग्राफर भएकाले त्यो जहाजलाई राम्रो फोटो ग्यालरी बनाउने सुर आयो सुरुमा । त्यस पनि फोटो ग्यालरी पनि र म्युजियम पनि बनाउने विचारले काठमाडौँबाट त्यो जहाजलाई चार दिन लगाएर धनगढी पुगाइयो । त्यसपछि हामीले त्यसलाई धनगढीको सफल पर्यटकीय गन्तव्य बनाउन सफल भयौँ । त्यस पछि टर्किस एयरलाइन्सको एयर बस ए ३० काठमाडौँको त्रिभुवन विमानस्थलमा ग्राउन्डेड हुन पुग्यो । २५ अर्बभन्दा बढी पर्ने जहाज ८ महिना मात्रै चलाइएको थियो । संसारमै अहिलेसम्म कुनैपनि देशमा यतिठूलो एभियसन म्युजियम छैन । किनभने अहिलेकै अवस्थामा यति महंगो जहाजलाई कुनैपनि देशले यो बनाउन सक्दैन । त्यस हिसाबले पनि यो संसारमै एउटा नयाँ पर्यटकीय गन्तव्य हो ।

नेपालमा खासगरी यस्ता खालको पर्यटकीय गन्तव्य बनाउने सोच सुरुमा कसरी पलायो ?

मैले अघि पनि भनेँ । खासमा म आफै पनि आकाशमा फोटो खिच्ने फोटोग्राफर हुँ । मैले हेलिकप्टर चार्टर गरेर फोटो खिचेको छु र किताबहरु बनाएको छु । ‘एभरेस्ट फ्रम द एयर’ भन्ने किताब आठ वटा संकरणमा छापिसकिएको छ । जुन विभिन्न भाषमा पाइन्छ । त्यस्तै अन्य किताब पनि मैले निकालेको छु । त्यउस हिसाबले पनि मलाई एउटा फोटो ग्यालरी बनाउनु पर्छ भन्ने सोच पहिले देखि पलाएको थियो । त्यो सपनालाई जहाजले पूरा गरिदियो ।

यहाँ हेर्न आउनेहरुले के के देख्न पाउँछन् ? किन आउने पर्यटक यहाँ ?

पहिले त एयर बस ३३० लाई हेर्छन् । ४ सय ४० जना बोक्न सक्ने वाइड बडी जहाज तपाईँको अगाडी छ । २०८ फिट लामो, १९७ फिट चौडा र ५५ फिट अग्लो जहाज तपाईको अगाडी छ । यसको ककपिट पनि हामीले राखेका छौँ । यसलाई हामीले कसरी बनायौँ ? त्यसपछि यसको उद्देश्य के हो भन्ने किसिमको एउटा सानो डकुमेन्ट्री छ । जहाजभित्र सातवटा हल छन् । जसभित्र पहिलो विश्व युद्धदेखि अहिलेसम्मका फाइटर जहाजका मोडलहरु हामीले राखेका छौँ । त्यस्तै एयरलाईन हलमा संसारका मुख्य जहाज कम्पनीका पछिल्ला मोडलहरु राखिएका छन् । खासगरी एयर बस र वोइ का मोडलहरु धेरै नै छन् । त्यस्तै नेपाल एभियसन हल पूरै नेपालका लागि छुट्याएका छौँ । डीसी ३ देखि अहिलेसम्मका र आउँदै गरेका जहाजका मोडलसम्म र नेपाल आर्मीका जहाजका मोडलसम्म राखेका छौँ । अरु हलमा नेपालकै विद्यार्थीले बनाएका जहाजका मोडलहरु राखिएका छन् । त्यस्तै अन्य सामग्री पनि छन् । त्यसैगरी कलिला उमेरका विद्यार्थी पनि उत्तिकै रमाइरहेका छन् भने टूला विद्यार्थीले पनि उत्तिकै प्रशंसा गरिरहेका छन् । त्यस हिसाबले यहाँ हेर्न ससकिने धेरै चिजहरु छन् । यहाँ आएपछि तपाईहरुले आफ्नो समय बर्बाद भएको महशुस गर्नु हुँदैन ।

यसको सञ्चालन तपाई एक्लैले गर्नुभएको हो कि अन्य साथीहरु छन् ? किनभने यसको लगानीको पनि कुरा आउला ?

नागरिक उड्डयन प्राधिकरणसंग हाम्रो सहकार्य छ । यो जग्गा प्राधिकरणको हो । जहाज वेद उप्रेती ट्रष्टको हो । त्यस हिसाबले हामीले यसलाई सात करोड रुपैयाँमा बनाएका हौँ । यदि घाटा आइलाग्यो भने पनि यसको उत्तरदायित्व वेद उप्रेती ट्रष्ट वा मैले लिन्छु । यसका लागि २ करोड ९० लाख रुपैयौँ एभरेस्ट बैँकबाट ऋण लिएको छ । बाँकी मैँले आफ्नो एउटा घर र अहिलेसम्म विदेशमा रहेर कमाएको पैसा लगानी भएको छ । दुख त छ तर तरपनि हामी अगाडी बढेका छौँ ।

राजनीतिक नेतृत्वसंग वा सम्बन्धित निकायसंग पनि तपाईँको यसको सहयोग र सहकार्यका लागि कुरा भएको छ ?

होइन, आर्थिक हिसाबले कुनैपनि सरकारी वा गैरसरकारी संस्थाहरुले सहयोग गरेको छैन । तर उड्डयन प्राधिकरणले सहकार्यका रुपमा यसलाई अगाडी बढाउने कार्य गरेको छ । जुन निकै प्रशंशनीय छ । उहाँहरुको सहयोगबिना यो म्युजियम बन्न सक्दैनथ्यो । त्यसमा दुई मत छैन । सहकार्यका लागि म प्राधिकरणलाई धन्यवाद दिन्छु । हामीले निरन्तर रुपमा अगाडी बढायौँ भने यसले देशका लागि केही न केही गर्न सकन्छ ।

नेपाल पर्यटकीय हिसाबले एउटा हब नै हो । यो सबैलाई थाहा नै छ । त्यसलाई जोड्ने अर्को माध्याम भनेको एयरलान्स हो । यी दुइवटै पक्षलाई तपाईले संगसंगै अगाडी लैजान खोज्नु भएको छ । यो कुरालाई देश तथा विदेशमा प्रचार गर्नका लागि कसरी अगाडी बढ्नुहुन्छ ?

एउटा कुरा के हो भने नेपाल स्वर्ग नै छ भनेपनि पर्यटकहरु कम आउँछन् । किनभने नेपाल आउने जहाज नै थोरै छन् । रन वे ले यो भन्दा बढी भार थेग्न सकिरहेको छैन । यसका लागि हामीले पूर्वाधार बनाउनु अति आवश्यक छ । त्यस कारण अहिलेको अवस्थामा यो भन्दा बढी जहाज त्रिभुवन विमान स्थलमा अवतरण गर्न सकिरहेका छैनन् । पूर्वाधार बनाउन सकियो भने पर्यटकको कमी हुँदैन जस्तो लाग्छ मलाई ।

तपाई आफैपनि क्याप्टे हुनुहुन्छ । एयरलान्सका लागि नेपाली आकाश कत्तिको सुरक्षित छ ?

म निकै सुरक्षित छ भन्नु । किनभने जति ६ महिनामा सडक दुर्घटनामा मानिसको मृत्यु हुन्छ वा जति बस दुर्घटना हुन्छन्, त्यो संख्या नेपालको अहिले सम्मकै हवाई दर्घटना भन्दा पनि बढि हुन्छ । हवाई दुर्घटना धेरै चर्चित बन्छ तर कतिपय सडक दुर्घटना त मानिसले थाहै पाउँदैनन् । तर पनि यसलाई अझै सुरक्षित बनाउन सरकार, प्राधिकरण र एयरलान्स आफैले पनि भूमिका खुल्न जरुरी छ ।

तपाई पहिलेदेखि नै रचनात्मक कुराहरु गर्दै आउनु भएको छ । पाइलट पनि हुनुहुन्छ । भविष्यमा के कस्ता योजनाहरु छन् ? अब के गर्दै हुनुहुन्छ ?

अहिले तत्काल नै कञ्चनपुरको महेन्द्रनगरमा ‘स्ट्याच्यु अफ सिद्धनाथ बाबा एन्ड मेजिकल म्युजियम’ भन्ने हामी सुरु गरिसकेका छौँ । भवन बनिसकेका छ । त्यस्तै सिद्धनाथ बाबाको मूर्ती पाटनका कालिगण्हरुले बनाइसकेका छन् । यो सक्ने वित्तिकै करिब ५६ महिनाभित्र नै अर्को पर्यटकीय गन्तव्य बन्दैछ । अर्को मेरो एउटा किताब आइरहेको छ । त्यो बाहेक त मेरो पेशा पनि छँदैछ ।

अन्त्यमा यहाँ आउन चाहने विदेशी तथा पर्यटकहरुको लागि के भन्नुहुन्छ ?

म के भन्छु भने यो तपाईहरुकै प्रोडक्ट हो । यसमा सबैले सहकार्य गर्नु पर्छ । खासगरी म पत्रकार साथीहरुलाई म अनुरोध गर्न चाहन्छु कि धनगढीको म्युजियमको जसरी प्रचार प्रसार भयो त्यसरी नै सबैकहाँ पुर्याइदिनु पर्छ । हामीसंग पंचार गर्नका लागि बजेटको अभाव नै छ । प्राडक्टको वास्तविक कुराहरु भनिदिनुपर्छ । यो हाम्रो भविष्यको पिढीको लागि पनि हो । त्यसैले सबैले यसलाई माया गरेर अझ कसरी राम्रो गर्न किन्छ भनेर सुझावहरु दिनुहोला भन्ने मैले आशा राखेको छु ।