काठमाडौँ – निर्वाचन आयोगले नेकपा एकीकृत समाजवादी पार्टीलाई स्पष्टीकरण सोधेको छ । स्थानीय निर्वाचनका लागि निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै आयोगले तीन दिनभित्र चित्तबुझ्दो दिन माग गरेको हो ।


ADVERTISEMENT


सोमबार आयोगका निर्णय सुनाउँदै प्रवक्ता शालिग्राम शर्मा पौडेलले उक्त जानकारी दिएका हुन् । उनका अनु्सार नेकपा एकीकृत समाजवादीले चैत्र २६ गते काठमाडौँको भृकुटीमण्डपमा आयोजना गरेको आमसभामा निर्वाचन आयोगले जारी गरेको आचारसंहिता उल्लंघन भएको गुनासो आएपछि स्पष्टीकरण सोधिएको हो ।


ADVERTISEMENT

# # #


उनले भने, ‘आमसभामा के कसो भएको हो भन्ने खुलाई तीन दिनभित्र आधार प्रमाणसहित चित्तबुझ्दो जवाफमा माग गरिएको छ ।’

यस्तै नेपाली काँग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालालाई समेत स्पष्टीकरण सोधिएको छ । प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारले २५ लाख रुपैयाँ सम्म खर्च गर्न पाउने प्रावधान तोकेको थियो ।

२०७४ सालको प्रतिनिधिसभामा नवलपसारी बर्दघाट सुस्तापूर्व–१ बाट विजयी भएका सांसद डा. कोइरालाले निर्वाचनमा आफ्नो २१ लाख हजार खर्च भएको खर्चविवरण पेश गरेका थिए । तर, केही दिनपहिले मात्रै उनले निर्वाचनमा आफ्नो ६ करोड खर्च भएको बताएका थिए । सोबारे आयोगले गम्भीर ध्यानाकर्षण गराउँदै ७ दिनभित्र जवाफ पेश गर्न निर्देशन दिएको छ ।

यस्तै निर्वाचन आयोगले हालसम्म २८ जिल्लाका लागि आवश्यक ४५ लाख २२ हजार मतपत्र छपाई पूरा भएको र बाँकी मतपत्रको छपाई कार्य जारी रहेको उनले बताए ।

यस्तै सबै निर्वाचन अधिकृतले पाउने गरी १–१ प्रति मतदाता नामावली पठाउने कार्य भएको र यस्तै तत्कालका लागि निर्वाचन आचारसंहिता कार्यान्वयन भए–नभएको अनुगमन गर्ने जिम्मेवारी प्रमुख जिल्ला अधिकारीहरुलाई दिइएको उनले जानकारी दिए ।