काठमाडौँ– अर्थमन्त्री जनार्दन शर्माले देशको अर्थतन्त्रमा कुनै संकट नआएको बताएका छन् । सोमबार पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री शर्माले सो धारणा व्यक्त गरेका हुन् ।
मुलुकको अर्थतन्त्रको बारेमा जानकारी दिने क्रममा उनले भने, ‘अहिलेको देशको अवस्था हेर्दा हाम्रो अर्थतन्त्रमा कुनै संकट आएको छैन । जसरी यहाँ ठुलो संकट आयो । अब यो देश के–के न हुन्छ भनेर भनिएको छ । त्यस्तो होइन ।’ यस्तै, उनले अर्थतन्त्रलाई नियमित गतिमा चल्नु दिनुपर्नेमा समेत जोड दिएका छन् ।
‘यसलाई पोलिटिसाइज गर्ने कुरा हुदैँन । यसमाथि राजनीतिकरण गरेर देशलाई फाइदा हुदैँन’, उनले भने । त्यसैगरि, व्यवसायी तथा अर्थतन्त्रलाई हतोत्साही गर्ने खालको प्रचारवादी भएको भन्दै मन्त्री शर्माले त्यस किसिमको कुनै पनि गतिविधि नगर्न समेत अपिल गरेका छन् । ‘हाल विश्वको अवस्था हेर्दा जुन किसिमले देश संकटमा गयो भनिएको छ । त्यस किसिमको प्रचार उपयुक्त छैन’, उनले भने ।
यद्यपि विश्वको अर्थतन्त्रलाई हेर्दा सर्तक हुनुपर्ने र हाल त्यसैअनुरुप कार्यनीति बनाएर अघि बढ्नुपर्ने अवस्था रहेको उनको भनाई छ ।