काठमाडौँ – कामना सेवा विकास बैंकले आफ्नो ब्राण्ड एम्बास्डरमा नेपाली मिडिया जगतका चर्चित तथा लोकप्रिय पत्रकार श्री रवि लामिछानेलाई नियुक्त गरेको छ ।
सोमबार काठमाडौंस्थित अलोफ्ट होटलमा आयोजित एक समारोहमा रवि लामिछाने र बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतबीच सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न गरी औपचारिक रुपमा एम्बास्डर नियुक्त गरेको घोषणा गरिएको हो ।
बैंकका ब्राण्ड एम्बास्डर रवि लामिछानेले बैंकको पारिश्रमिक वापत पाउने रकमको अधिकांश भाग शिक्षाको पहुँचबाट टाढा रहेको समुदायमा शिक्षाको ज्योती पु¥याउने महान कार्यको लागि छुट्टउने घोषणा गरे ।
यसैगरी बैंकले नेपालको गीतसंगीत क्षेत्रका प्रख्यात पप गायकसुगम पोखरेलसँग आधिकारिक भ्वाइस पार्टनरको रुपमा यस अगाडि गरेको सम्झौता समेत नवीकरण गरेको छ । सम्झौता पश्चात बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बैंकका प्रचार–प्रसार लगायतका विभिन्न क्रियाकलापहरुमा सहभागी भई बैंकको पहिचान तथा साख वृद्धिमा दुवै व्यक्तित्वहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्ने कुरामा आफू विश्वस्त रहेको बताए ।
यसै गरी युआरएस नेपालका तर्फबाट कन्ट्री डाइरेक्टर प्रकाश पौडेलद्वारा कामना सेवा विकास बैंकलाई आई एस ओ ९००१ः२०१५ प्रमाणिकरणको प्रमाणपत्र प्रदान गरे । कामना सेवा विकास बैंक नेपालकै आई एस ओ ९००१ः२०१५ प्रामाणित प्रथम विकास बैंक बन्न सफल भएको छ । यसले कामना सेवा विकास बैंकको गुणस्तर, व्यवस्थापन प्रणालीको सुरक्षा, दक्षता, योजना कार्यान्वयन, अपरेशन र संगठनको सुधार सम्बन्धी आवश्यकताहरु निर्दिष्ट गर्दछ ।
साथै बैंकले “हामी सक्षम छौँ” भन्ने उद्घोसकासाथ बि.सं. २०७९ का लागि आफ्नो आधिकारिक क्यालेन्डर पनि सार्वजनिक गरेको छ । बैंकका अध्यक्ष श्री सुदिप आचार्य तथा बैंकका अन्य सञ्चालकज्यूहरुले संयुक्त रुपमा उक्त क्यालेण्डर सार्वजनिक गर्नु भएको थियो ।