काठमाडौँ– स्ट्रट वर्कआउट च्यालेज प्रतियोगिता वैशाखमा तीन गते आयोजना हुने भएको छ ।


ADVERTISEMENT


आयोजक नेपाली युथ फिटनेस एण्ड केलिस्थेनिक्स संस्थाले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता काठमाण्डौको सानो गौचरनको फुटबल मैदानमा बैशाख ३ गते हुने जानकारी दिएको हो ।


ADVERTISEMENT

# # #


स्ट्रिट वर्कआउट अर्थात् खुल्ला व्यायामको प्रवर्धन गर्ने उद्देश्यका साथ यस प्रतियोगिता गर्न लागेको र यसको तयारी पूरा भएको आयोजकले जनाएको छ । प्रतियोगितामा बार वर्कआउट र सर्किट वर्कआउट गरि दुई विधामा प्रतिस्पर्धा हुनेछ । विधामा पुरुष, महिला, सिनियर ४० वर्ष माथि, यू–१६ गरि चार समूहमा खेल हुनेछ ।

प्रतियोगितामा देशभरबाट ३ सय ५० देखि ४ सय खेलाडीको सहभागिता हुने र फाइनलमा २ सय खेलाडी छनोट गर्दै प्रतिस्पर्धा गराइने आयोजकले बताएको छ । बार वर्कआउट र सर्किट वर्कआउट विधामा सर्वोत्कृष्ट समयमा तोकिएको वर्कआउट पूरा गर्ने खेलाडी ’फिटेस्ट एथेलिट’ को विजयी हुने छन् । ’फिटेस्ट एथेलिट’ को उपाधि जित्ने खेलाडीले ५१ हजार सहित पदक र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

यस्तै पुरुष, महिला, सिनियर ४० वर्ष माथि, यू–१६ का प्रत्यक समूह विजेताले २० हजार, दोस्रो हुनेले १० हजार र तेस्रो हुनेले ५ हजार सहित पदक र प्रमाणपत्र प्राप्त गर्ने छन् ।