काठमाडौँ– नेपालमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार, पछिल्लो २४ घन्टामा आरटी पिसिआर मार्फत ३ हजार ९४२ र एन्टिजेनमार्फत एक हजार १७२ गरी कुल ५ हजार १४४ नमुना परीक्षणमध्य थप २२ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार, पछिल्लो २४ घन्टामा संक्रमणमुक्त हुनेको संख्या ४६ रहेको छ भने संक्रमणका कारण मृत्यु हुने संख्या शुन्य देखिएको छ ।
नेपालमा हालसम्म कोरोना संक्रमणका कारण ११ हजार ९५१ जनाले ज्यान गुमाएका छन् ।
मन्त्रालयका अनुसार, हाल देशभर सक्रिय संक्रमित संख्या कुल ५६८ रहेको छ ।