काठमाडौँ– बुढानीलकण्ठस्थित गिरिजाप्रसाद कोइराला फाउन्डेसनले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । फाउण्डेशनले बिहिवार बुढानीलकण्ठ नगरपालिका– ४ मा सम्पन्न शिविर कार्यक्रम नेपाली कांग्रेस बुढानीलकण्ठ नगरपालिका कार्यसमिति तथा ४ नम्बर वडा कार्यसमितिको संयुक्त आयोजनामा सम्पन्न गरेको हो ।


ADVERTISEMENT


कार्यक्रममा चार सयजनाले निःशुल्क स्वास्थ्य सेवा लिएका आयोजकले जनाएको छ। आयोजकका अनुसार, शिविरमा काठमाडौं मेडिकल कलेजका स्वास्थ्यकर्मीद्वारा प्रदान गरेका थिए । शिविरमा बालरोग, नाक, कान, घाँटी, स्त्रीरोग, शल्यक्रिया, हाडजोर्नी, आँखा र दाँतलगायतको निःशुल्क परीक्षण गरिएको थियो।


ADVERTISEMENT

# # #


त्यस्तै, स्वास्थ्य शिविरमा काठमाडौं मेडिकल कलेजले नै ल्याबको व्यवस्था गरिएको सो कार्यक्रममा इसिजी, एक्स–रे, भिडियो एक्स–रे तथा रगत र पिसाबको निःशुल्क परीक्षणको सेवा समेत उपलब्ध गराइएको थियो।

कार्यक्रममा कांग्रेस क्षेत्र नम्बर ५ का सभापति श्यामबहादुर खड्का, कांग्रेस क्षेत्र नम्बर ५ ९ख०का सभापति तथा ४ नम्बर वडाध्यक्ष राजु खड्का र वडा नम्बर ४ का कांग्रेस सभापति श्याम खड्कालगायतले उपस्थित जनाएका थिए ।