काठमाडौँ– नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलका अध्यक्ष विद्धान गुरुङले पदभार ग्रहण गरेका छन् । उनले आज उक्त दलको केन्द्रीय कार्यालय रविभवन पुगेर पदभार ग्रहण गरेका हुन्।


ADVERTISEMENT


अध्यक्ष गुरुङलाई पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले यही चैत ८ गतेअध्यक्षमा मनोनीत गरेको थियो ।


ADVERTISEMENT

# # #


अध्यक्ष जीतजङ्ग बस्नेत कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएपछि तरुण दल नेतृत्वविहीन बन्दै आएको थियो । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको फागुन ३ गतेको बैठकले म्याद सकिएका नेविसङ्घ, तरुण दललगायत १० भ्रातृ संस्था विघटन गर्दै तदर्थ समिति गठन गर्ने निर्णय गरेको थियो ।

अध्यक्ष गुरुङ यसअघि तरुण दलको कोषाध्यक्ष थिए । पदभारपछि अध्यक्ष गुरुङले आउँदो निर्वाचनमा आफ्ना पार्टीको उम्मेदवारलाई जिताउनका लागि देशभर तरुण दलका युवालाई परिचालन गर्ने बताउनुभयो । तरुण दलका यसअघि रहेका सबै निकाय यथावत रहने उनको भनाइ छ।

पूर्व अध्यक्ष बस्नेतले विगतका दिनभन्दा पनि बलियो तरुण दल बनाएर अगाडि बढाउन आग्रह गर्दै आफ्नो कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवाद समेत व्यक्त गरे ।

अर्का पूर्वअध्यक्ष उदयशमशेर राणाले तीनै तहको निर्वाचनको जिम्मेवारी तरुण दलको काँधमा आएकाले यसलाई थप गतिशील बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिए । रासस