काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी कब्जा गर्न असफल भएपछि प्रचण्ड र माधव नेपालले दक्षिणपन्थी गठबन्धन बनाएको बताएका छन् ।


ADVERTISEMENT


सोमबार ललितपुरमा प्रोग्रेसिभ इन्जिनियर्स एशोसियसनको महाधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले तत्कालीन नेकपा कब्जा गर्न उनीहरुले भए जतिकै बल लगाएको नसकेपछि दक्षिणपन्थी गठबन्धन बनाएको बताएका हुन् ।


ADVERTISEMENT

# # #


अध्यक्ष ओलीले प्रचण्ड र नेपालले पार्टी फुटाएर कम्युनिष्ट आन्दोलन समाप्त पार्न खोजेको आरोप पनि लगाए । उनले वामपन्थी भन्दा प्रचण्ड सम्झिने गरेको भन्दै प्रचण्ड कम्युनिस्ट हुन् भने आफू कम्युनिस्ट नभएको तर्क गरे ।

प्रचण्डले मुलुकमा द्वन्द्व मच्चाएको र आफु शान्तिको पक्षमा रहेकाले आफु र प्रचण्डबीच समानता नरहेको जिकिर गरे । त्यस्तै ओलीले बामपन्थी आन्दोलन कमजोर पार्ने काम गरेको बताए । ओलीले तत्कालीन नेकपा माओवादी केन्द्रलाई आफूले जबरजस्ती घिसारेर एकतामा ल्याएको उल्लेख गनरे । उनले गठबन्धन दुई दिनको केटाकेटीको खेल भएको बताए ।

सम्बोधनका क्रममा अध्यक्ष ओलीले मुलुकको बिकासका लागि एमाले सरकारले धेरै काम गरेको र आगामी निर्वाचनपछि एमाले सरकारमा गएर सुखी नेपाली समृद्ध नेपालको आकांक्षा पुरा गर्ने धारणा राखे ।