काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टिमले टेस्ट राष्ट्र जिम्बाब्बेको ‘ए’ टिमसँग सिरिज खेल्ने भएको छ । उक्त सिरिज आगामी तीन हप्ताभित्र गर्ने तयारी भइरहेको नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए ।


ADVERTISEMENT


उनका अनुसार जिम्बाब्बेको टिमसँग तीन वटा टी–२० र तीन वटा ५० ओभरको खेल खेल्ने लगभग पक्का भएको छ । सिरिजका लागि अर्को टिमको पनि एकदुई दिनभित्र टुंगिने र विस्तृत जानकारी आउने बताए ।


ADVERTISEMENT

# # #


नेपालले सोमबार त्रिकोणात्मक सिरिजको फाइनलमा पुवान्यूगिनी पीएनजीलाई ५० रनले पराजित गर्दै उपाधि जितेको थियो । त्रिकोणात्मक सिरिजमा आयोजक नेपालसँगै मलेसिया र पीएनजी थिए ।