काठमाडौँ– नेपालमा थप ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


ADVERTISEMENT


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, पछिल्लो २४ घन्टामा देशभर गरिएको २ हजार ९ सय ४२ पिसिआर परिक्षणका क्रममा ३२ जना र २ हजार १ सय १७ एन्टीजन परिक्षणका क्रममा १ जनामा गरी कुल ३३ जनामा कोरोना पुष्टि भएको हो ।


ADVERTISEMENT

# # #


यस्तै, सो अवधिमा संक्रमणका कारण हुने मृत्यु संख्या भने शुन्य रहेको मन्त्रालयले जनाएको छ । कोरोनाका कारण नेपालमा हालसम्म ११ हजार ९ सय ५१ जनाको मृत्यु भएको छ । त्यस्तै थप ८९ संक्रमित निको हुँदा हालसम्म ९ लाख ६५ हजार ७ सय १४ जना निको भएका छन् ।

हाल नेपालमा ८ सय ४२ सक्रिय संक्रमित आइसोलेशनमा रहेको मन्त्रालयको भनाई छ ।