काठमाडौं – माेती दुगडकाे नेतृत्वमा एमालेले सामाजिक सेवा केन्द्रको स्थापना गरेका छन् ।  एमाले अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंमा आइतबार आयोजित कार्यक्रममा सो संस्थाको स्थापना गरेको घोषणा गर्दै संयोजक मोतीलाल दुगडलाई तोकेका हुन् ।


ADVERTISEMENT


कार्यक्रममा ओलीले २०७२ सालको भूकम्पको पछि नै पार्टीले यस प्रकारको स्थायी संरचना र संगठित प्रयासको महसुस गरेको बताए । ‘२०७२ वैशाख १२ महाविनासकारी भूकम्प गयो, त्यो भूकम्पले लाखौं घर भत्कायो । त्यस समयमा हामीले एक महिने अभियान सञ्चालन गर्‍यौं । अस्थायी टहराहरु बनायौं ।


ADVERTISEMENT

# # #


पछि सरकार आएर पुनर्निर्माणको काम सञ्चालन नगर्दासम्म त्यहींबाट काम चलेको थियो,’ उनले भने, ‘त्यसैबेलामा हामी सामाजिक सेवाका लागि एउटा संगठित प्रयास, अभियान सञ्चालन गर्न जरुरी छ । त्यसका लागि हामी फन्ड तयार गर्नुछ ।’ उनले केन्द्र सञ्चालनका लागि वैदेशिक सहयोग नलिने र सहयोगका लागि कसैलाई करकाप नगर्ने बताए । ओलीले ८ लाख ५५ हजारभन्दा बढी संगठित सदस्य रहेको एमालेका लागि २(४ करोड रुपैयाँ संकलन गर्नु कुनै गाह्रो कुरा नभएको बताए ।

‘हाम्रो महाधिवेशमा रेकर्ड गरिएको सदस्य संख्या ८ लाख ५५ हजार रहेको छ । त्यसबाट एकरएक सय रुपैयाँ उठायौ भने पनि केही करोड भैहाल्छ । सय भनेको केही होइन हजाररहजार रुपैयाँ उठाउन सकिन्छ । ८ लाख हजार हुँदा कति हुन्छ रु हाम्रो लागि २(४ करोड ठूलो कुरा होइन,’ ओलीले भने, ‘कुनै आग्रह गर्दैनौं जो स्वच्छेले गर्छ त्यसमा मात्रै सहयोगका लागि आग्रह गर्दछौं । निजी क्षेत्रको आफ्नै दानदातव्यको छुट्टाएको रकम हुन्छ । त्यो बाहेक दिन चाहने खर्च गर्न ।’

ओलीकाअनुसार संस्था सञ्चालनका लागि वैदेशिक सहयोग लिँदैनौं, कसैसँग करकाप नगरिने बताए । ‘आफ्नै भावना गरेर यसमा काम गर्ने मानिस धेरै हुनेछ । यो आफ्नो स्रोतको परिचालन हो भनेर अपारदर्शी हुँदैन । हामी यसको हिसाबकिताब लेखापरीक्षण मात्रै होइन, सार्वजनिक पनि गर्छौं’ ओलीले भने ।

कार्यक्रममा संयोजक दुगडले चुनावमा मात्रै नभएर यो दीर्घकालीनरुपमा अघि बढ्ने बताए । एमाले अध्यक्ष ओलीको निर्देशनअनुसार स्थापना हुन लागेको बताए ।

समाजसेवा र मानवीय सेवाको नयाँ अभियान सञ्चालन गरिने छ । ‘कसैले पढ्ने पाएको छैन भने एमालेको टिमले पढाइदिने व्यवस्था गर्छ । उपचार दीर्घरोगीलाई हामी रकमको व्यवस्था गरिदिन्छौं । छोरीचेलीको विवाह हुन सकेको छैन भने विवाहको व्यवस्थापन गर्ने काम गरिदिन्छ,’ दुगडले भने, ‘जहाँ जस्तो सहयोग गर्नुपर्ने हो त्यसलाई त्यस्तै सहयोग गर्न गरिन्छ । अध्यक्ष ओलीको समृद्ध नेपाल र सुखी नेपालीको अभिभारा पूरा गर्नका लागि काम हुन्छ ।’