दुहवी – सुनसरीको दुहवीमा अंग्रेजी नयाँ वर्षको अवसर पारेर सञ्चालनमा आएको फरवार्ड सुपरमार्केटले आफ्ना शेयरधनीहरुलाई एकदिने अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ । फरवार्ड सुपरमार्केटको हलमा आयोजित कार्यक्रममा कम्पनीकी अध्यक्ष भगवती चौधरीले शेयरधनीहरुलाई सुपरमार्केटको बर्तमान अवस्था, भावी रणनीति र शेयरधनीहरुको दायित्वका बारेमा जानकारी दिइन् ।


ADVERTISEMENT


दुहवीको अर्थतन्त्रलाई चलायमान बनाउन तथा ग्रामिण अर्थतन्त्रलाई सुदृढ गराउन फरवार्ड सुपरमार्केटको स्थापना गरिएको बताउँदै चौधरीले कोरोना संक्रमणले नेपालकै अर्थतन्त्र तरल अवस्थामा रहँदा सुपरमार्केट पनि त्यसबाट अछुतो रहन नसकेको जनाउँदै समयभन्दा ढिलो सुपरमार्केट सञ्चालन भएपनि ग्राहकहरुको मन जित्न सफल भएको बताइन् ।


ADVERTISEMENT

# # #


कार्यक्रममा कम्पनीले आफ्ना शेयरधनीहरुलाई शेयर प्रमाणपत्र समेत वितरण गरेको थियो । दुहवीकै एक मात्र सुपरमार्केटका रुपमा स्थापना भएको फरवार्ड सुपरमार्केटमा खाद्यान्न, लत्ताकपडा, दैनिक घरायसी सामान, इलेक्ट्रोनिक्स लगायत १५ हजार बढी सामानहरु सुपथ मुल्यमा खरिद गर्न सकिन्छ ।

लिफ्ट, एक्सिलेटर तथा एसी सहित सुविधासम्पन्न सुपरमार्केटमा स्थानीय तहका उत्पादन देखि विभिन्न अन्तराष्ट्रिय ख्याती प्राप्त ब्राण्डहरु अन्य बजारको तुलनामा कम मुल्यमा खरिद गर्न सकिन्छ । २० करोडको लागतमा सञ्चालनमा आएको सुपरमार्केटमा आगामी दिनमा रेष्टुरेण्ट र मल्टिफ्लेक्स सिनेमा हल पनि सञ्चालनमा आउँदैछ ।