काठमाडौँ– भारतीय विदेशमन्त्री एस जयशंकरले नेपालीमा ट्विट गरेका छन् । शनिवार बिहान उनले नेपाल–भारतबीचको सम्बन्धबारे बोल्दै नेपाली भाषामा ट्विट गरेका हुन् ।


ADVERTISEMENT


ट्विटमा उनले नेपाल–भारतबीचको छिमेकी नीतिको सम्बन्धमा लेखेका छन् । भारतको छिमेक नीति भिन्नतासहितको परराष्ट्र नीति भएको उनको भनाई छ । यस्तै, भारत र नेपालबीचको सम्बन्ध दर्शाउदै उनले यही नीतिको प्रभावबाट जयनगर कुर्था सीमापार रेल सेवा सम्भव भएको ट्विटमा उल्लेख छ ।


ADVERTISEMENT

# # #


यसैगरि, सोहि सम्बन्धकै कारण सोलु करिडोर विद्य्त् प्रसारण लाइन र सबस्टेशन, १३२ स्वास्थ्य केन्द्र निर्माणमा प्रगति एवम् नेपालमा रुपे कार्डको शुरुआत समेत भएको उनले जनाएका छन् ।

प्रधानमन्त्री शेर बहादुर देउवा गत बिहिवार मात्रै समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भारत भ्रमणका लागि गएका छन् । तीनदिने भ्रमणका लागि गएका देउवा आज स्वदेश फर्किदैछन् ।

प्रधानमन्त्री  देउवाले भारतमा सबैभन्दा पहिले त्यहाँका विदेशमन्त्री जयशंकरसंग भेट गरेका थिए । र, त्यसको भोलिपल्ट देउवा भारतमै रहेका बेला जयशंकरले नेपालीमा ट्विट गरेका हुन् ।