काठमाडौँ – भारतको तीन दिने औपचारिक भ्रमणमा निस्किएका प्रधानमन्त्री शेरबहादुर देउवा नयाँदिल्ली पुगेका छन् ।


ADVERTISEMENT


भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा उनी नेपार एयरलाइन्स मार्फत ५० सदस्यीय नेपाली टोलीको नेतृत्व गर्दै भारत गएका हुन् । नयाँदिल्लीस्थित इन्दीरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री देउवालाई भारतका रक्षा तथा पर्यटन राज्यमन्त्री अजय भट्टले स्वागत गरेका थिए ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्री देउवासँग स्थानीय समय अनुसार आज ४ः३० बजे भारतीय विदेशमन्त्री एस. जयशंकरले नयाँदिल्लीस्थित होटल आइटीसीमा शिष्टाचार भेट गर्नेछन् । त्यसपछि प्रधानमन्त्री देउवा भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)को कार्यालयमा जाने कार्यक्रम रहेको छ

तस्बिर : परराष्ट्र मन्त्रालय