काठमाडौँ – नेपालमा थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


ADVERTISEMENT


देशभर गरिएको २ हजार ५ सय १६ पीसीआर परीक्षणका क्रममा १६ जना र १ हजार ३ सय १९ एन्टीजेन परीक्षणका क्रममा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण शुक्रबार कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


त्यस्तै थप ७५ जना कोरोना संक्रमणमुक्त भएको र हालसम्म नेपालमा ९ लाख ६५ हजार ४ सय ६९ जना संक्रमण मुक्त भएका छन् । हाल नेपालमा १ हजार २२ जना सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।