काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपालमा एमसीसी लागू हुन नसक्ने दाबी गरेका छन् ।


ADVERTISEMENT


बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले कसैको स्वार्थका लागि नेपालमा एमसीसी लागू हुन नसक्ने भन्दै यसकाविरुद्ध मोर्चा खोल्नुपर्ने धारणा राखे । नेपालबाट साम्राज्यबादको हस्तक्षेप रोक्नुपर्ने उनको भनाई छ ।


ADVERTISEMENT

# # #


उनले नेपाल र नेपाली गरिब भएर समस्या नआएको भन्दै नेपालको दलाल पूँजीवादी सत्ताका कारण समस्या पैदा भएको धारणा राखे । दलाल पूँजीवादी सत्ताले नेपाली जनतालाई लुछिरहेको उनले बताए । .

उनले अब गाउँगाउँबाट एमसीसी पक्षधरलाई लखेटनुपर्ने तर्क गरे ।