काठमाडौं – सरकारले तेजाव आक्रमण र यौन हिंसाविरुद्ध दुई अध्यादेश ल्याउने तयारी गरेको छ ।


ADVERTISEMENT


बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।


ADVERTISEMENT

# # #


यसअघि पनि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले यी दुई अध्यादेश ल्याएको थियो । तर उक्त अध्यादेशहरु पारित नहुँदै निष्कृय भएको थियो ।