काठमाडौं – सत्ता गठबन्धनले आगामी स्थानीय तहको निर्वाचनमा महानगरपालिकाको हकमा केन्द्रबाटै निर्णय गर्ने टुंगो लगाएको छ।


ADVERTISEMENT


बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले तालमेलको विषयमा टुंगो लगाएको हो । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले स्थानीय निर्वाचनमा एकताबद्ध भएर जाने निर्णय गरिएको बताए ।


ADVERTISEMENT

# # #


‘महानगरको निर्णय माथिबाट हुन्छ । अन्य (उप महानगरपालिका र नगरपालिका – गाउँपालिका )का लागि तलैका कमिटीहरुलाई निर्णय गर्न दिने सहमति भएको छ,’  उनले भने।

तालमेलका लागि सबै दलको संयन्त्र बनाउने र बाँकी प्रक्रियाका विषयमा पुनः छलफल गरेर अगाडि बढ्ने उनले बताए।