काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले १० वर्षभित्रमा नेपाललाई एसियाकै सम्पन्न देश बनाउने लक्ष्यका साथ सरकार अघि बढेको बताएका छन् ।


ADVERTISEMENT


बिहीबार रिपोर्टस् क्लब नेपालको २४ औं वार्षिकोत्सव कार्यक्रममा मन्त्री कार्कीले यस्तो बताएका हुन् । १० वर्षभित्रमा नेपाललाई एसियाकै सम्पन्न देश बनाउने लक्ष्यका साथ सरकार अघि बढेकाले यसमा सबैको साथ र सहयोग आवश्यक रहने उनको भनाइ छ।


ADVERTISEMENT

# # #


सरकार प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको बताउँदै उनले देशमा राजनीतिक परिवर्तनसहित उपलब्धि हासिल गरिएकाले अब विकास र समृद्धितर्फ अघि बढ्नुपर्ने पनि बताए ।