काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले देशको परिवर्तनमा सञ्चारमाध्यमले अहम् भूमिका निर्वाह गरेको बताएका छन् ।


ADVERTISEMENT


बिहीबार रिपोर्टस क्लब नेपालको २४ औं वार्षिकोत्सव कार्यक्रममा प्रधानमन्त्री देउवाले प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध रहेको बताए ।


ADVERTISEMENT

# # #


सञ्चारमाध्यम आवाजविहीनको आवाज रहेकाले देशको राजनीतिक, सामाजिक परिवर्तनमा निकै भूमिका निभाएको प्रधानमन्त्री देउवाको भनाइ छ ।

मिथ्या र भ्रामक समाचार पनि प्रवाह हुन थालेको भन्दै उनले यस्ता समाचारले विश्वसनीयतामा ह्रास ल्याउने भएकाले सचेत रहन आग्रह पनि गरे ।

देशको विकासका लागि सञ्चारमाध्यमको भूमिका अर्थपूर्ण हुने भएकाले आसन्न निर्वाचनमा पनि सोहीअनुसार भूमिका निर्वाह गर्ने उनको विश्वास छ ।