काठमाडौं–नेपाली कांग्रेसले पहिलो चरणको निर्वाचन शान्तिपुर्ण र उत्साहजनक ढंगले सम्पन्न गर्न सहयोग गर्ने सवैलाई धन्यवाद दिएको छ ।


ADVERTISEMENT


नेपाली कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक बाल कृष्ण खाणले सोमबार विज्ञप्ति जारी गर्दै २०७४ मंसिर १० गते ३२ जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन उत्साहपूर्ण सहभागितामा सम्पन्न भएको भन्दै जनताको साथ, सहयोग र समर्थनले लोकतन्त्रलाई सुदृढ गर्ने तथा कांग्रेस लगायत सबै राजनीतिक दलहरुलाई यो निर्वाचनले थप प्रेरणा मिलेको बताएका छन् ।
खाणले भनेका छन् –लोकतन्त्रको मूल्य, मान्यताको रक्षा गर्दै बहुलवादमा आधारित बहुदलीय शासन व्यवस्था मार्फत् संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासका लागि आफ्नो प्रतिनिधि छान्ने कार्यमा उत्साहपूर्ण सहभागिता र सहयोग गरी मतदान गर्नुहुने आम नेपाली दिदीबहिनी एवं दाजुभाईहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।’ उनले


ADVERTISEMENT

# # #


निर्वाचन सफल बनाउन आ–आफ्नो क्षेत्रबाट महत्वपूर्ण भूमिका निर्वाह गरेका निर्वाचन आयोग, मतदान कार्यमा अहोरात्र खटिएका राष्ट्रसेवक कर्मचारीहरु, सुरक्षा निकाय, राजनीतिक दल, पत्रकारहरु, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यवेक्षकहरुलाई हार्दिक धन्यवाद ज्ञापन गरेका छन् ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन मुलुकमा स्थायी शान्ति, आर्थिक समृद्धि र विकासका लागि महत्वपूर्ण निर्वाचन हुने भएकोले आगामी २०७४ मंसिर २१ गते हुन लागेको दोस्रो चरणको निर्वाचनमा पनि सबैलाई सहभागी हुन कांग्रेसले आग्रह गरेको छ ।