काठमाडौँ– लभ स्टोरी कथामा बनेको चलचित्र ‘रोमियो एन्ड मुना’को टिजर सार्वजनिक भएको छ । यो चलचित्रको टिजर अन्य चलचित्रका टिजर भन्दा फरक छ । सवा एक मिनेट लामो टिजरमा चराको जोडी र उनीहरुको प्रेमलाई देखाइएको छ ।


ADVERTISEMENT


तर, संवाद भने चलचित्रका मुख्य कलाकारको नै समावेश गरिएको छ । नरेश कुमार केसीको निर्देशनमा तयार भएको चलचित्रमा नायक विनय श्रेष्ठ र नायिका श्रृष्टी श्रेष्ठको मुख्य भूमिका छ । फागुण ११ गतेबाट रिलिज हुने लभस्टोरी चलचित्रमा प्रशन्न गोपाली, राम शर्मा, कविन शाक्य र विनय श्रेष्ठको लगानी छ ।


ADVERTISEMENT

# # #


चलचित्रको यो टिजरले नयाँपन मात्र प्रस्तुत गरेको छैन, चलचित्र भित्र भने प्रेम कथालाई फरक शैलीमा उठान गरिएको झल्को दिन खोजेको छ ।