काठमाडौँ – माछापुच्छ्रे बैंक लिमिटेडले वित्तीय साक्षरता जगाउने उद्देश्यले हरेक वर्ष विश्वव्यापीरुपमा मनाउने ‘ग्लोबल बनी विक’ भव्य रुपमा मनाएको छ ।


ADVERTISEMENT


बैंकले देशका ७ वटै प्रदेशमा स्थानिय स्कुल कलेज, क्लवहरु संग समन्वय गरेर विभिन्न तहका विद्यार्थी, महिला तथा ज्येष्ठ नागरिकलाई लक्षित गरि अन्र्तकृया तथा साक्षरता र्यालीहरुको आयोजना गरी ‘ग्लोबल बनी विक’ मनाएको हो ।


ADVERTISEMENT

# # #


यस वर्ष मार्च २१ तारिख देखि २७ तारिख सम्म परेको ‘ग्लोबल बनी विक’ अन्र्तगत माछापुच्छ्रे बैंक लिमिटेडले देशव्यापी छरिएर रहेका आफ्ना शाखा कार्यालयहरु मार्फत विभिन्न प्रकारका वित्तिय साक्षरता कार्याक्रमहरु आयोजना गरेको थियो ।

बैंकले ‘ग्लोबल बनी विक’ अन्तर्गत चैत्र १२ मा काठमाडौं लगायत देशका विभिन्न प्रदेशहरुमा वित्तीय साक्षरता जगाउने उद्देश्यले र्याली निकालेको थियो । विभिन्न वित्तीय साक्षरतासम्बन्धी जानकारीहरु लेखिएका प्लेकार्ड सहित राजधानीको बुढानीलकण्ठस्थित होटल सब्रिनाबाट सुरु भएको र्याली भंगाल, चुनिखेल, सुन्दरबस्ति, कपन, गुम्बा, कपन हुदै पुनः होटल सब्रिनामा नै आएर समापन भएको थियो ।

उक्त र्यालीमा बैकका संचालक समितिका सदस्य जयमुकुन्द खनाल, प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला लगायत काठमाडौं उपत्यकामा कार्यरत कर्मचारीहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

त्यस्तै बैंकले ग्लोबल मनी सप्ताहकै उपलक्ष्यमा काठमाडौँ बाहिर लुम्बिनी प्रदेशको भैरहवा र नेपालगन्ज, मधेश प्रदेशमा गोलबजार , र जनकपुर प्रदेश नं. १ मा ईट्टहरी र बिर्तामोड, सुदुरपश्चिम प्रदेशमा धनगढी र गण्डकी प्रदेशमा पोखरा लगायतका स्थानहरुमा पनि वित्तीय साक्षरता र्याली निकालेको थियो भने सप्ताहभरि बैंकका शाखाहरुले विभिन्न स्कुल, कलेज तथा स्थानिय क्लबहरुमा विभिन्न उमेर समुहलाई लक्षित गर्दै वित्तीय साक्षरता अन्तर्गत वित्तीय ज्ञान,सुरक्षित तथा डिजिटल बैकिङ्ग कारोबार सम्बन्धि सचेतना जगाउने उद्धेश्यले अन्र्तक्रिया कार्यक्रमहरुको आयोजना गरेका थिए । साथै सोहि अवधिमा बैंकले विभिन्न संचारमाध्यमहरु मार्फत वित्तीय साक्षरतासम्बन्धी रेडियो नाटक एंव जिंगल समेत प्रसारण गरेको थियो ।

माछापुच्छ्रे बैंक लि. ले आम ग्राहक वर्गलाई लक्षित गर्दे यसअघिपनि विभिन्न समयमा विभिन्न माध्यमहरु मार्फतवित्तीय साक्षरता कार्यक्रमहरु आयोजना गर्दै आएको थियो । बैंकले देशका हरेक वर्ग र समुदायमा सेवा पुर्याउने उद्देश्यले १६४ शाखा, ८ एक्सटेन्सन काउन्टर, १५७ शाखारहित बैंकिङ्ग सेवा, २०३ एटिएम मार्फत १३ लाख भन्दा बढी ग्राहक महानुभावहरुलाई सेवा प्रदान गर्दै आइरहेको ।