काठमाडौँ – नेपालमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


ADVERTISEMENT


देशभर गरिएको ५ हजार १ सय ५२ पीसीआर परीक्षणका क्रममा १५ जना र १ हजार १ सय ५७ एन्टीजेन परीक्षणका क्रममा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।


ADVERTISEMENT

# # #


त्यस्तै सोमबार पनि कोरोनाका कारण कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप ३ सय १९ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६५ हजार १ सय ४२ जना निको भएका छन् । हाल नेपालमा १ हजार २ सय ५४ सक्रिय संक्रमित आइशोलेशनमा रहेका छन् ।