काठमाडौँ – काठमाडौँमा आजदेखि सुरु भएको त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय सिरिजमा नेपालले पपुवा न्यूगिनी (पीएनजी)लाई १५ रनले पराजित गरेको छ ।


ADVERTISEMENT


यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १८३ रन बनायो । जवाफी ब्याटिङमा उत्रिएको पीएनजी १९.२ ओभरमा सबै विकेट गुमाउँदै १६ड रनमै समेटियो ।


ADVERTISEMENT

# # #


पीएनजीका लागि सातौँ नम्बरमा आएका नर्मन भानुवाले आक्रामक ब्याटिङ गर्दै २९ बलमा नै अर्धशतकीय पारी खेले । त्यसक्रममा उनले ५ चौका र ४ छक्का ठोक्दै ५२ रन बनाए । यस्तै सेसे बाउले २४ बलमा ३ चौका र १ छक्कसहित ३०, चार्ल्स अमिनीले १० बलमा ३ चौका र १ छक्कासहित २२ रन बनाएर आउट भए । लेगा सियाकाले २१ तथा चाद सोपरले १३ रन जोडे ।

नेपालका लागि कप्तान सन्दीप लामिछाने र करण केसीले समान ३–३ विकेट लिए । यस्तै अभिनास बोहराले २ तथा सोमपाल कामीका नाममा १ विकेट रह्यो ।

यसअघि नेपालका लागि आशिफ शेखले सर्वाधिक ४३ रन बनाए । त्यसक्रममा उनले ३५ बलमा ५ चौका र १ छक्का प्रहार गरे । उनले दोस्रो विकेटका लागि रोहित पौडेलसँग मिलेर ८० रनको महत्वपूर्ण साझेदारी गरे ।

रोहितले २६ बलमा २ चौका र १ छक्काको मदतमा ३४ रन बनाएर आउट भए । यस्तै आरिफ शेखले २० बलमा ३ चौका र २ छक्काको मदतमा ३१ रन जोडे । कुशल भुर्तेलले रनआउट हुनुअघि ११ बलमा ३ चौका र १ छक्का ठोक्दै २० रनको योगदान दिए । यस्तै करण केसीले ७ बलमा २ छक्का ठोक्दै १४ तथा कुशल मल्लले ५ बलमा १ चौका र १ छक्का साथ ११ रन जोडे ।

पीएनजीका लागि एलाई नाओ, चाद सोपेर र चार्ल्स अमिनीले समान २–२ विकेट लिए । यस्तै रिले हेक्यूरे र नर्मन भानुआका नाममा १–१ विकेट रह्यो ।