ललितपुर  – महालक्ष्मी नगरपालिका, ललितपुरद्वारा बिल एण्ड मेलिन्डा गेट्स फाउण्डेसनको आर्थिक सहयोग एवम् वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) तथा काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डसँगको सहकार्यमा सन् २०१९ देखि “नेपालमा दिसाजन्य लेदो व्यवस्थापन सम्बन्धी मापदण्डको नमूना कार्यान्वयन” परियोजना सञ्चालन हुँदै आएको छ ।


ADVERTISEMENT


सोही परियोजना अन्तर्गत सरसफाइ लगायतका नगरपालिकाको अन्य तथ्याङ्क एवम् सूचनालाई सुदृढ र प्रभावकारी बनाउन Integrated Municipal Information System, IMIS (एकिकृत नगर सूचना प्रणाली) को निर्माण गरिएको छ । उक्त प्रणालीका साथै नगर क्षेत्रभित्र नव निर्माण गरिने भवनहरूको नक्सा पास प्रकृयालाई सूचना प्रविधिको प्रयोग गरी थप व्यवस्थित गर्न तयार गरिएको Electronic Building Permit System, eBPS (विद्युतीय घर-नक्सा पास प्रणाली) को २०७८ चैत १३ गतेका दिन नगर प्रमुख  रामेश्वर श्रेष्ठले दुवै प्रणालीहरूमा पहिलोLogin गर्दै शुभारम्भ गरे ।


ADVERTISEMENT

# # #


उक्त शुभारम्भ कार्यक्रममा काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक संजिव विक्रम राणा, महालक्ष्मी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत  रोशन ज्ञवाली, वडा नं १, २, ३, ४, ६ र ९ का वडा अध्यक्ष र वडा सदस्यहरू, नगरपालिकाका सबै शाखा प्रमुखहरू, उक्त प्रणालीहरू विकास गर्ने इनोभेटिभ सोलुसन प्रा लिका प्रबन्ध निर्देशक डा भूषणराज श्रेष्ठ, उक्त परियोजना अन्तर्गतका एन्फोका पदाधिकारी, कर्मचारी र विषयगत विज्ञहरूका साथै अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।

IMIS र eBPS को शुभारम्भ गर्दै नगर प्रमुख श्री रामेश्वर श्रेष्ठज्यूले सूचना प्रविधिको प्रयोग मार्फत नगरपालिकाबाट प्रदान गरिने सेवालाई थप सरल, सहज र व्यवस्थित गर्ने नगरपालिकाको नीति अनुरूप उक्त प्रणालीहरूको विकास गरिएको बताए । उनले नगरपालिकाको सेवा प्रवाह र अभिलेखिकरणलाई सोही अनुरूपका प्रणालीहरूको विकास र प्रयोग गर्दै less paper बाट सुरू गरी Paperless सम्म पुर्याउने नगरपालिकाको लक्ष्य रहेको बताए । उनले उक्त प्रणालीहरूको सञ्चालन पूर्व नगरपालिकाका कर्मचारीहरूलाई आवश्यक क्षमता विकास सम्बन्धी अभिमुखीकरण र तालिम समेत प्रदान गरिने बताए ।