काठमाडौं – कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा कैलाली जिल्लाको धनगढी उप–महानगरपालिका ०७ मोतीचोक मा १३४ औं शाखा कार्यालय स्थापना गरेको छ । बैंकको उक्त शाखाबाट चैत्र १३ गतेदेखि कारोबार शुभारम्भ गरेको हो ।


ADVERTISEMENT


बैंकले व्यवसाय विस्तारको क्रममा नवीनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई उच्च स्तरको बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै आएको छ ।


ADVERTISEMENT

# # #


बैंकिङ पहुंच नपुगेका ग्रामीण क्षेत्र तथा व्यवसायको सम्भावना रहेका अन्य शहरी क्षेत्रहरुमा समेत शाखा विस्तार गर्दै जाने बैंकको लक्ष रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बताए ।

बैंकका यससंगै १३३ वटा शाखा, १ वटा विस्तारित काउन्टर, ५ वटा शाखारहित बैंकिङ सेवा तथा ७७ वटा एटिएममार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।