काठमाडौँ– अभिनेता पल (पूर्णविक्रम) शाहमाथि अदालतले दिएको जेल चलानको विरुद्व उनका पक्ष पुनरावेदन जाने भएका छन् ।


ADVERTISEMENT


बिहिवार तनहुँ जिल्ला अदालतले एक नावालिगलाई बलात्कार गरेको अभियोगमा प्रहरी नियन्त्रणमा रहेका कलाकार शाहलाई जेल चलान गर्न आदेश दिएको छ भने,करणीमा मतियारको रुपमा काम गरेको भन्दै शाहका म्यानेजर कृष्ण जोशीलाई अदालतले १ लाख धरौटीमा छोडेको छ ।


ADVERTISEMENT

# # #


र, अदालतको सोहि आदेशप्रति असहमत रहेको भन्दै शाह पक्षका वकिल कमला मोहन वाग्लेले छिट्टै उच्च अदालत पोखरामा पुनरावेदनको तयारीमा रहेको बताएका हुन् ।

यसका लागि उनका पक्ष फौजदारी कार्यविधि संहिताको दफा ७३ बमोजिम निवेदन लिएर पुनरावेदनमा जाने तयारीमा रहेको अधिवक्ता वाग्लेले बताए । पलमाथि थप जेल चलान गर्न अदालतस)ग उचित आधार नभएको उनको आरोप छ । अदालतप्रति उनले निम्न पक्षमा पलका तर्फबाट आफ्नो असहमित जनाएका छन् :

अदालतले पल शाहलाई थुनामा राख्ने भनेर दिएको आदेशमा हामी सन्तुष्ट छैनौं । पहिलो कुरा, पीडित भनिएकी ‘व्यास–१२’ (प्रहरीले दिएको नाम) जिल्ला स्वास्थ्य कार्यालय वा अस्पतालमा दिएको व्यहोरा र प्रहरीमा गरेको व्यहोरा नै फरक छ । अस्पतालमा उनले स्खलन पर्दामा गराएको भनेकी थिइन् । तर, प्रहरीमा बयान दिँदा यौनीमा नै गराएको बताएकी छन् । यसमा विरोधाभास छ ।

वैशाख १४, २०७८ को बेलुका ११स्५० मा घटना भएको भनिएको छ । तर, त्यसको भोलिपल्ट बिहानै ‘व्यास १२’ कोरिबाटी चिटिक्क परेर लुगा लगाएर पल शाहसँगै ढोलबाराही मन्दिरमा दर्शन गर्न गएको देखिन्छ । यो पनि स्वाभाविक छैन । राति बलात्कार भएको हो भने भोलिपल्ट बिहान हारगुहार गरेर प्रहरीमा जानुपर्ने । तर, दिनभरि उनी सुटिङमा सहभागी भएकी छन् । काठमाडौं पनि सँगै गएको र तत्कालै कतै उजुरी नगरिएको अवस्था छ । अहिले ९ महिनापछि आएर उजुरी गर्नु अविश्वसनीय हो ।

घटना भएको भनिएको घरमा एउटा परिवार बसेका छन् । बलात्कार भएको थियो भने पीडितले त्यो परिवारसँग राति नै हारगुहार गरिएको हुनुपर्‍थ्यो । त्यो अवस्था पनि छैन । उनले अलग-अलग कोठामा सुतेको स्वीकार गरेकी छन् । कमल क्षेत्रीले पनि पल आफूसँगै सुतेको बताएका छन् । आफू पहिले सुत्न गएको र पल पछि आएको उनको बयान छ । यसले पति गायिका र पल सँगै नसुतेको देखिन्छ ।

जहाँसम्म पलले गायिकाको कोठामा गएको स्वीकारे भनि आएको समाचार छ, त्यो भनेको प्रहरीमा दिएको बयान हो । प्रहरी हिरासतभित्र दबाबमा परेर दिएको बयानमा यथार्थ अभिव्यक्त हुँदैन । पलले अदालतमा नै आफूलाई दबाबमा पारेर इच्छाविपरीत कागज गराइएको बताएका छन् । उनले कोठामा गएको भनेर अदालतमा स्वीकार नै गरेका छैनन् ।

गायिका सुतेको कोठामा भित्रबाट चुकुल लगाएको भनेर भनिएको छ । त्यसो हो भने मध्यराति किन खोलिन् त ढोका रु यसको स्पष्ट जवाफ छैन ।
अडिओका प्रसंगमा पनि बदमासी भएको छ । सार्वजनिक भएको अडिओमा धेरै कुरा सम्पादन भएको पलले बताएका छन् । पलले अगाडि र पछाडि बोलेका कुराहरु जोडजाड गरेर नराम्रो हिसाबले प्रस्तुत गरिएको छ ।

समग्रमा पलको विरुद्ध पूरै साजिस गरिएको छ भन्ने हामीलाई लाग्छ । अदालतले यसलाई राम्ररी मनन गर्न सकेन । हामी एक(दुई दिनमै पुनरावेदनमा जानेछौं । पोखरा उच्च अदालतबाट न्याय मिल्ने आशा छ ।