काठमाडौँ – नेपाली युवा ब्याटर रोहित कुमार पौडेल एकदिवसीय क्रिकेटमा सर्वाधिक अर्धशतक बनाउने नेपाली खेलाडी बनेका छन् । रोहितले शुक्रबार पपुवा न्यूगिनी (पीएनजी)विरुद्ध अर्धशतक पूरा गर्दै उक्त रेकर्ड बनाएका हुन् ।


ADVERTISEMENT


ले पपुवा न्यूगिनी (पीएनजी)विरुद्ध अर्धशतक पूरा गरेका छन् । उनले एकदिवसीयमा पाँचौँ अर्धशतक हानेका हुन् । नेपालका लागि पूर्वकप्तान ज्ञानेन्द्र मल्लले एकदिवसीयमा ४ अर्धशतक बनाएका छन् ।


ADVERTISEMENT

# # #


यस्तै रोहित उनी एकदिवसीयमा सर्वाधिक रन बनाउने नेपाली खेलाडी समेत बनेका छन् । रोहितले पीएनजीविरुद्ध ५४ बलमा ३ चौका र १ छक्काको मदतमा ५० रन पूरा गरे ।

एकदिवसीयमा ५ सय रन कटाउने एक्ला नेपाली ब्याटर बनेका रोहितले जम्मा १६ खेल खेलेका छन् ।

ज्ञानेन्द्र मल्लले १९ खेलमा ४८० रन बनाएका छन् । सर्वाधिक एकदिवसीय रन बनाउने नेपाली खेलाडीको सूचिमा पूर्वकप्तान पारस खड्का तेस्रो स्थानमा रहेका छन् । पारसले १० खेलमा १ शतक र १ अर्धशतकसहित ३१५ रन बनाएका छन् ।

टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले दिएको २९३ रनको विशाल लक्ष्य पच्छ्याउँदै नेपालले जवाफी ब्याटिङ गरिरहेको छ । ताजा अवस्थामा नेपालले ३१ ओभरमा ४ विकेट गुमाउँदै १५४ रन बनाएको छ ।