काठमाडौँ– यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो नयाँ बीमा योजना सार्वजनिक गरेको छ । ग्राहकहरुले प्रापत गर्ने अधिक लाभलाई मध्यनजर गर्दै कम्पनीले ‘जीवन उत्थान बीमा योजना’ सार्वजनिक हो ।


ADVERTISEMENT


प्रत्येक तीन वर्षमा अग्रिम रुपमा रकम भुक्तानी गर्ने गरी नविनतम प्रकारले सो योजना सार्वजनिक गरिएको कम्पनीले जनाएको छ ।


ADVERTISEMENT

# # #


कम्पनीका अनुसार, न्युनदेखि अधिक आय भएका व्यक्तिहरुले खरिद गर्न सक्ने सो योजनाअन्तर्गत बिमितहरुले न्यूनतम ५० हजार रुपैयाँदेखि आय श्रोतको आधारमा चाहे अनुसार बीमाङ्क रकमको बीमा गर्न सक्नेछन् । साथै न्युनतम ९ बर्ष देखि अधिकतम १८ बर्ष सम्मको अवधि कायम गरी १६ बर्ष देखि ५० बर्षका ब्यक्तिहरु बीमामा सहभागी हुन सक्छन् ।

यस्तै, बिमित बी अवधिसम्म जिवित रहेमा अग्रिम भुक्तानी गरी बाँकी हुन आएको बीमाङ्क रकम र बोनस उपलब्ध हुन्छ भने, बीमा अवधि भित्र कालगतीले बिमितको मृत्यु भएमा बीमाङ्क रकम र बोनस उपलब्ध हुने ब्यवस्था रहेको छ ।

र, यस्तै, कुनै कारणले बीमितको दुर्घटनाबाट मृत्यु भएमा बीमाङ्क बराबरको थप रकम र बोनस रकम समेत उपलब्ध हुन कम्पनीको भनाई छ ।