काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र भारतका लागि नेपालका आवासीय राजदूत डा शङ्करप्रसाद शर्मालाई आज पद तथा गोपनीयताको शपथ गराएकी छन् ।


ADVERTISEMENT


राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले राजदूत डा शर्मालाई पद तथा गोपनीयताको शपथ गराएकी हुन् । समारोहमा परराष्ट्रमन्त्री डा नारायण खड्का उपस्थित थिए ।


ADVERTISEMENT

# # #


नेपाल सरकारको सिफारिसमा यही चैत ६ गते राष्ट्रपति भण्डारीले डा शर्मालाई गणतन्त्र भारतका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गरेका थिए ।