काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा आजदेखि सुरु भएको एकदिवसीय क्रिकेट सिरिजमा पपुवा न्यूगिनी (पीएनजी)ले नेपाललाई २९३ रनको विशाल चुनौती दिएको छ । नेपालले एकदिवसीय क्रिकेटमा अहिलेसम्मकै विशाल चुनौती पाएको हो ।


ADVERTISEMENT


कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको पीएनजीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २९२ रन बनाएको हो । पीएनजीका लागि चार्ल्स अमिनीले सर्वाधिक ७७ रन बनाए । १०३ बल खेलेका उनले ६ चौका र १ छक्का प्रहार गरे । यस्तै कप्तान असाद भालाले ६० रनको अर्धशतकीय पारी खेले । उनले उनले ५५ बलमा ११ चौका ठोके ।


ADVERTISEMENT

# # #


यस्तै टोनी उराले ४७ बलमा ६ चौकासहित ३८ रन तथा रिले हेक्यूरेले ४० बलमा ५ चौकासहित ३१ रन जोड्दै आउट भए । नर्मन भानुआले आक्रामक ब्याटिङ गर्दै २७ बलमा ४ चौका र ३ ६ छक्कासहित ४७ रन बनाएर आउट भए । यस्तै जासन किलाले ११ बलमा १ छक्कासहित नटआउट १३ रन बनाए ।

नेपालका लागि दीपेन्द्र सिंह ऐरी, कमलसिंह ऐरीले र सोमपाल कामीले समान २-२ विकेट लिए । दीपेन्द्रले १० ओभरमा १ मेडेन राख्दै ३० रन मात्रै खर्चिए । निकै महंगो साबित भएका सोमपाल कामीले ९ ओभरमा ८१ रन खर्चिए ।

यस्तै कप्तान सन्दीप लामिछाने र पवन सर्राफका नाममा समान १–१ विकेट रह्यो ।

नेपालका लागि युवा खेलाडी देव खनालले राष्ट्रिय टिममा डेब्यू गरेका छन् । नेपालले जवाफी ब्याटिङ गर्दैछ ।