जनकपुरधाम – मधेश प्रदेशको राजधानी जनकपुरधामबाट एक ४ वर्षीया बालिका घरबाटै बेपत्ता भएकी छन् ।


ADVERTISEMENT


जनकपुरधाम उपमहानगरपालिका वडा नं १६ पुल्चोक निवासी ध्रुव मण्डलकी ४ वर्षीया छोरी सृष्टि बिहीबार साँझदेखि घरबाटै हराएकी हुन् । घरमा खेल्दै गरेको अवस्थामा बालिका हराएपछि घरमा रुवाबासी चलेको छ ।


ADVERTISEMENT

# # #


बालिकाको परिवारजनका अनुसार आफ्नै आँगनमा खेलिरहेकी बालिका बिहीबार साँझ ६ बजेदेखि हराएकी हुन् । उनलाई कसैले चोरी गरेर लगेको हुन सक्ने स्थानीयको आशंका छ ।

जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रवक्ता एवं डीएसपी जितेन्द्र बस्नेतले हराएकी बालिकाको खोजी तीव्र रुपमा भइरहेको बताएका छन् ।