काठमाडौं – भारत र जापानका प्रधानमन्त्रीबीच नयाँ दिल्लीमा भेटवार्ता भएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र उहाँका जापानी समकक्षी फुमियो किशिदाबीच दिल्लीको हैदराबाद हाउसमा भेटवार्ता भएको हो ।


ADVERTISEMENT


दुई देशबीच आर्थिक तथा सांस्कृतिक सम्बन्ध र सहकार्य थप बढाउन यो भेटवार्ता उपलब्धिमूलक भएको भारतीय प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


भेटमा युक्रेनमाथि रूसले गरेको आक्रमण, युक्रेनमा उत्पन्न सङ्कट र दुई देशको युद्धका कारण विश्वबजारमा परेको प्रभावबारे पनि कुराकानी भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

पश्चिमी देशले रुसमाथि प्रतिबन्ध लगाएका बेला जापानका प्रधानमन्त्री किशिदाको भारत भ्रमणलाई महत्त्वका साथ हेरिएको छ । आफ्नो दुई दिने भारत भ्रमणका क्रममा जापानका प्रधानमन्त्री किशिदा १४औं भारत–जापान वार्षिक शिखर सम्मेलनमा सहभागी हुनेछन् ।

शिखर सम्मेलनले दुवै पक्षलाई विभिन्न क्षेत्रमा द्विपक्षीय सहयोगको समीक्षा र सुदृढीकरणका साथै इन्डो–प्यासिफिक क्षेत्रमा शान्ति, स्थायित्व र समृद्धिका लागि साझेदारी बढाउने विश्वास गरिएको छ ।