काठमाडौं – काठमाडौंको बौद्धबाट रेडियोधर्मी पदार्थ ‘युरेनियम’ जस्तो देखिने धातुसहित पक्राउ परेका आठ जना सामान्य तारेखमा छुटेका छन् ।


ADVERTISEMENT


बरामद भएको युरेनियम परीक्षणमा पुष्टि नहुँदा मुद्दा अघि बढ्ने अवस्था नभएपछि उनीहरूलाई सामान्य तारेखमा छाडिएको हो ।


ADVERTISEMENT

# # #


जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंका प्रमुख, सहन्यायाधिवक्ता गङ्गाप्रसाद पौडेलले बरामद भएको धातु परीक्षण गर्दा युरेनियम भएको पुष्टि नभएपछि मुद्दा अघि बढ्ने अवस्था नभएको बताए ।

गत फागुन ३ गते काठमाडौंको बौद्धस्थित हायात रिजेन्सी होटलको कार पार्किङ गर्ने स्थानमा पार्किङ गरिराखेको बा ५ च ८२०९ नम्बरको कारभित्रबाट दुई किलो आठ सय ग्राम तौल भएको युरेनियम जस्तो पदार्थ बरामद गरेको थियो ।