भद्रपुर –  झापा जिल्लाको  भद्रपुर नगर पालिकावडा नं ३ स्थित नेपाल-भारत सिमा क्षेत्रमा भारतबाट नेपाल तर्फ  ल्याउँदै गरेको प्रतिबन्धित लागुऔषध सहित २ जनालाई झापा सशस्त्र प्रहरी टोलीले पक्राउ गरेको छ ।


ADVERTISEMENT


सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट महेशपुर झापाबाट खटिएको सशस्त्र प्रहरी टोलीले प्रतिबन्धित लागुऔषध सहित २ जनालाई पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


पक्राउ पर्नेमा  भारतको किसनगंज भादगाउँ पंचायत १२ निमुगढी बस्ने २७ बर्षीय  फोगडा किस्कु र  २९ बर्षकी रीता मरण्डी रहेको सूचना अधिकारी एवं प्रवक्ता प्रहरी नायब उपरिक्षक बसन्त पाठकले जानकारी दिए ।

भारतबाट नेपाल तर्फ आउँदै गरेका उनीहरुलाई  चेकजाँच गर्दा निजहरुको साथबाट लुपीजेसिक १९२ एम्पुल,फेनारगन १३२ एम्पुल लागुऔषध फेला परेकोसमेत प्रहरी नायब उपरिक्षक  पाठकले जानकारी दिए ।

पक्राउ परेका दुवैलाई जिल्ला प्रहरी कार्यालय झापामा ल्याई बूझाइएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।