काठमाडौं – महानगरीय ट्राफिक प्रहरी महाशाखाले बाँकेमा चोरिएको मोटरसाईकल सहित एक जनालाई काठमाडौंको स्वयम्भू भुईखेलबाट नियन्त्रणमा लिएको छ ।


ADVERTISEMENT


ट्राफिक प्रहरीले कालिकोट महाबी गाउँपालिका वडा नं २ घर भई भक्तपुर सल्लाघारी बस्ने वर्ष २३ को पञ्च बहादुर सिंहलाई कोहलपुर बाँकेबाट हराएको प्रदेश ३-०२, ००३ प २४७३ नम्वरको कालो रंङको २०० सीसीको पल्सर एन एस मोटरसाईकल सहित नियन्त्रणमा लिएको महाशाखाले जनाएको छ ।


ADVERTISEMENT

# # #


सिंहले मिति २०७८ चैत दुई गते यातायात व्यवस्था कार्यालय बागमतीले संचालन गर्दै आएको गुर्जुधाराबाट सवारी चालक अनुमति पत्र A वर्गको परीक्षामा जिल्ला बाँके खजुरा वडा नं ३ बस्ने कबिन्द्र शाहीको नागरिकता प्रमाण पत्रमा आफ्नो फोटो टाँस गरी प्रयोगात्मक परिक्षा दिएको समेत खुल्न आएको छ ।

वास्तविक नम्बर भे १० प ४३६२ खुल्न आएको सो मोटरसाईकल आशिष गुरूङ्गको रहेको समेत पत्ता लागेको छ ।  सवारी धनीलाई मोटरसाईकल भेटिएको जानकारी समेत दिई सकेको महाशाखाले जनाएको छ ।

नियन्त्रणमा आएको मोटरसाईकल सहित पक्राउ परेका सिंहलाईलाई चोरी मुद्दा अनुसन्धान एवं कारबाहिका लागि महानगरीय प्रहरी वृत्त, थानकोट पठाइएको महाशाखाले जानकारी दिएको छ ।