काठमाडौँ – नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडकी अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहले पद तथा गाृपनियताको शपथ लिएकी छन् । बुधबार एक कार्यक्रमबीच बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले “बीमकको संस्थागत सुशासन सम्बन्धि निर्देशीका २०७५” अनुसार अध्यक्ष सिंहलाई शपथ खुवाएका हुन् ।


ADVERTISEMENT


फागुन २९ गते सम्पन्न कम्पनीको ३३ औं वार्षिक साधारण सभाबाट कम्पनीको संचालक समितिको पूर्नगठन भई सिंह संचालक समितिको अध्यक्षमा सर्व सम्मतिवाट पूर्ननिर्वाचित भएकी थिइन् ।


ADVERTISEMENT

# # #


उक्त समारोहमा बीमा समितिको अध्यक्ष्ले कम्पनीको पूर्ननिर्वाचित अध्यक्ष सिंहको सफल कार्यकालको लागि शुभकामना व्यक्त गरे । यस्तै अध्यक्ष सिंहले शपथ ग्रहण कार्यक्रम सम्पन्न भएकोमा बीमा समितिको अध्यक्षलाई आफ्नो र संचालक समितिको तर्फवाट आभार एवं धन्यवाद ज्ञापन गरिन् ।